हुम्ला । गत असोज १९ गते देखि २५ गते सम्म निरन्तर परेको अबरिल बर्षाका कारण बिभिन्न ठाउमा क्षेत्री भएको हुम्ला अदानचुली अन्त्रगतको गल्फागाड श्रीनगर कालागाड सडक खण्ड आजबाट सुचारु भएको छ । केही दिन अगाडीबाट अदानचुली ५ को कालागाड लाष्ट प्वाइन्टबाट मर्मत कार्य सुरु गरिए संगै आजबाट सुचारु भएको उत्त मर्मत कार्यमा खटिएका जानदत्त जैसीले जानकारी दिए ।
सडक खण्डको लाष्ट प्वाइन्ट बाट स्काभेटर मेसिन द्धारा मर्मत कार्य सुरु गरिएको उत्त खण्डको गल्फागाड सम्मको ३२ किलोमिटर सडक खण्ड सुचारु भएको छ । बर्षाले बिभिन्न ठाउमा क्षेत्री पुराएको खण्डमा यस अघि कुनै सवारी साधन संञ्चालनमा नआए पनि आज खण्ड खोपलिए संगै सुचारु भएको हो । रात दिन नभनी मर्मत सम्भारमा जुटेको स्काभेटर मेसीद्धारा उत्त खण्ड खोलिएको छ । यस्तै अदानचुली ४ को लौठी देखी रिल्म बिगोठी सडक समेत संत्तचालनमा आएको बताए ।
आज गल्फागाड सम्म सम्पन्न पस्चात भोली देखी अदानचुली गाउपालिका क्षेत्र भित्र रहेको कर्णाली करीडोर तर्फ मर्ममतमा जुट्ने बताए । गल्फागाड सम्म सडक सुचारु भए संगै अबको केही दिनमा सहर जाने नागरीकहरुलाई सहज हुने भएको बताए । अबको तिन दिन भित्र गाउपालिका क्षेत्र भित्र रहेको सडक संञ्चालनमा ल्याउने बताए ।
सडक सुचारु भए संगै श्रीनगर देखी तिथि चौर सम्म जान सकिने भएको छ । तिथि चौर भन्दा उता खण्ड खोल्न समय लाग्ने भएकाले तिथि चौर देखी धुलाचौर सम्म पैदल यात्रा गरीे बाजुराको मार्तडी हुदै सुदुर पश्चिमको बाटो भएर सहरी क्षेत्र जान सहज हुने भएको छ ।
बाटोको बिभिन्न ठाउमा भत्तकिदा दशै तथा तिहारका लागि घर आएका नागरीकहरु बाटो अबरुद्धका कारण घरमै बस्न बाध्य भएका थिए । उत्त नागरीकहरुलाई यात्रा गर्न सजिलो हुने भएको छ ।