बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु

जनता संवाददाता
२०८१ जेष्ठ ९ गते, बुधबार

अबुजा । मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा सोमबार अबेर राति बन्दुकधारीहरूको समूहले गरेको आक्रमणमा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले मङ्गलबार बताएका छन् ।

प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले राज्यको राजधानीमा पत्रकारलाई भने, “मोटरसाइकलमा सवार दर्जनौँ बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा विनाशकारी आक्रमण गर्दा करिब ४० जनाको ज्यान गएको छ ।”

बन्दुकधारीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार बन्दुकधारीहरूले आक्रमणका क्रममा घरहरूमा पनि आगो लगाएका थिए । सशस्त्र आक्रमणहरू नाइजेरियाको उत्तरी र मध्य क्षेत्रहरूमा ठूलो सुरक्षा खतरा भएको छ, जसको परिणामस्वरूप मृत्यु र अपहरणहरू भएका छन् ।रासस

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते, बुधबार


Scroll to Top

Janata Media