पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पूर्जी जारी

जनता संवाददाता
२०८२ जेष्ठ २८ गते, बुधबार

काठमाडौँ । पत्रकार दिलभुषण पाठकविरुद्ध समाचार प्रसारण गरेकै आधारमा पक्राउ पूर्जी जारी भएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी लिएको हो।

पाठकले आफ्नो च्यानलमा प्रसारण गरेका हिल्टन होटलसम्बन्धि समाचारलाई लिएर साइबर अपराधको मुद्दा चलाउन लागिएको हो। होटलमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयविरको लगानीको विषयलाई लिएर पाठकले समाचार प्रसारण गरेका थिए। सोही विषयमा प्रहरीमा उजुरी गरिएको हो।

प्रहरी नेतृत्वले गृह मन्त्रालयसँग समेत छलफल गरेर पत्रकार पाठकविरुद्ध साइबर अपराध मुद्दामा अनुसन्धान अघि बढाएको हो। समाचारकै आधारमा यसरी फौजदारी मुद्दा लगाउन लागिएकोमा सञ्चारकर्मीले प्रहरीको कदमको आलोचना गरेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते, बुधबार


Scroll to Top

Janata Media