राष्ट्रिय अनुसन्धान विभागद्धारा २५२ कर्मचारीका लागि आवेदन माग

जनता संवाददाता
२०८१ जेष्ठ ११ गते, शुक्रबार

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । आज गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गर्दै विभागले २५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

विभागले विशेष सेवाको सहायक सूचक पदमा २३४, सुरक्षा गार्डका लागि १६ जना र परिचर पदमा २ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त एक महिनाभित्र दिन सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते, शुक्रबार


Scroll to Top

Janata Media