सुनकोशीमा कार खस्यो

जनता संवाददाता
२०८१ भाद्र ८ गते, शनिबार

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ।

कारमा सवारमध्ये एकजना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ। नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको सो कार आज करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते, शनिबार