विनियोजन विधेयक: विभिन्न चार मन्त्रालयका शीर्षकमाथि छलफल

जनता संवाददाता
२०८१ जेष्ठ ३२ गते, शुक्रबार

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।

विधेयकमाथि जारी छलफलअन्तर्गत आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल भएको छ ।

छलफलमा सांसदहरू डिगबहादुर लिम्बू, सुहाङ नेम्वाङ, मनबहादुर गुरुङ, मीना तामाङ, चन्दा चौधरी, निर्मला कोइराला, पूर्णबहादुर तामाङ, प्रेमबहादुर महर्जन, प्रतिमा गौतम, मानवीर राई, देवप्रसाद तिमिल्सेना, रुक्मिणी राना बराइली, रुपा विक, वासुदेव घिमिरे जाबेदा खातुन जागा, सम्झना थपलिया, प्रतीक्षा तिवारी, ठाकुरप्रसाद गौरेलगायतले आफ्ना धारणा व्यक्त गरे ।

आगामी बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल हुने सभामुख देवराज घिमिरेले सभालाई जानकारी गराए ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी असार २ गते बिहान ११ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३२ गते, शुक्रबार


Scroll to Top

Janata Media