काठमाडौं । मधेस प्रदेश सभाका सदस्यहरुमा मोबाइल मोह देखिएको छ। प्रदेश सभा बैठक चलिरहेको अवस्थामा मोबाइल चलाएपछि सभामुखले रुलिङ नै गर्नुपर्ने अवस्था आएको छ।
आइतबार बसेको प्रदेश सभा बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा बनेको विधेयकबारे छलफलको कार्यसूची रहेको थियो। तर छलफल चलिरहँदा साांसदहरु मोबाइलमा व्यस्त देखिन्थे। प्रदेश सभाको लाईभ भिडिओमा उनीहरु कोही मोबाइलमा गेम खेलिरहेको त कोही सामाजिक सञ्जालमा व्यस्त रहेको दृष्य देखिन्थ्यो। कोही कोही सांसदहरु अरुको मोबाइलमा हेरिरहेको समेत देख्न सकिन्थ्यो।‘मान्य सदस्यहरु मोबाइल कि त स्वीच अफ गर्नुपर्यो। कि त साइलेन्टमा राख्नुपर्यो। मोबाइल चलाएर गेम खेल्ने काम प्लिज नगर्दिनुहोला। यो रुलिङ नगर्नु पर्ने विषय मैले रुलिङ गर्नु परेको छ। त्यसकारण यसलाई चाँही सिरियस्ली बुझ्दिनुहोला,’ उनले भने।
छलफल चलिरहँदा सांसदहरु मोबाइलमा व्यस्त रहेको देखेपछि सभामुख रामचन्द्र मण्डलले मोबाइल स्वीच अफ गर्न नभए साइलेन्ट मोडमा राख्न आग्रह गरे। उनले सांसदहरुलाई मर्यादा सिकाउनु पर्ने विषय नभए पनि रुलिङ नै गर्नुपर्ने अवस्था आएको भन्दै सिरियस्ली रुपमा सम्झाएको स्मरण गराए।







