विद्यार्थी नेताको अगुवाइमा डेढ लाख लागतको बाटो निर्माण

जनता संवाददाता
२०८२ पुष १९ गते, शनिबार

हुम्ला । हुम्लाको खार्पूनाथ गाउँपालिका वडा नं १ मा विद्यार्थी नेताको अगुवाइमा गोरेटो बाटो निर्माण भएको छ । करिब डेढ लाखको लागतमा उक्त बाटो निर्माण भएको हो । जसमध्ये ३५ हजार बराबरको लगानी नेपाली काँग्रेसका विद्यार्थी नेता खेम खड्काले गरेका छन् भने बाँकी जन श्रमदान मार्फत गरिएको छ ।

यसले खार्पूनाथ वडा नं १ गोप्का गाउँ बासी कर्णाली करिडोर आउजाउ गर्न र मसानघाट आऊ जाऊ गर्न सहज हुनेछ ।

प्रकाशित मिति : २०८२ पुष १९ गते, शनिबार


Scroll to Top

Janata Media