कोशीको रिट खारेज, हिक्मत कार्कीलाई वैधानिकता

जनता संवाददाता
२०८१ असार १२ गते, बुधबार

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

मंगलबार न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले कार्कीको रिट खारेज हुने फैसला सुनाएको हो । सर्वोच्च अदालतले केदार कार्कीले दायर गरेको रिट खारेज गरेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्कीले वैधानिकता पाएका छन् ।

नेपाली काँग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले विश्वासको मत प्राप्त गर्ने प्रक्रिया नै नगरी बसेपछि प्रदेश प्रमुखले संकल्प प्रस्तावका आधारमा २०८१ जेठ २५ गते एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेको भन्दै आफू अन्तिम मुख्यमन्त्री रहेको र त्यसपछि विकल्प भनेको संसद विघटन गरी अर्को निर्वाचनमा जानुको विकल्प नभएको तथा आफूविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

प्रकाशित मिति : २०८१ असार १२ गते, बुधबार


Scroll to Top

Janata Media