
काठमाडौं । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र गमगढी मुगुको आयोजनामा सदरमुकाम गमगढीमा मङ्गलवार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । आइ कियर फाउण्डेशनको आर्थिक सहयोगमा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको हो ।
नेपाल नेत्र ज्वोति संघ कर्णाली प्रदेशका सभापति एवम् नेपाल नेत्र ज्वोति संघका केन्द्रीय उपसभापति तिलक बहादुर मल्लका अनुसार नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र गमगढी मुगुको आयोजनामा र आइ किएर फाउण्डेशनको आर्थिक सहयोगमा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा चैत १७ देखि १९ गते सम्म निः शुल्क आँखा शिविर सञ्चालन भएको थियो ।
उक्त आँखा शिविरमा एक हजार एक सय जनाको आँखा निःशुल्क परीक्षण, औषधी र चस्मा समेत वितरण गरिएको थियो । मल्लले भन्नुभयो, जिल्लामा सम्पन्न भएको तीन दिने आँखा उपचारबाट जिल्लाको खत्याड गाउँपालिका, सोरु गाउँ पालिका, छायाँनाथ रारा नगरपालिका, मुगुमकार्मारोङ गाउँ पालिका त्यसैगरी अन्तर जिल्ला हुम्लाबाट पनि आँखा उमचार लिनेको संख्या उलेखिय रहेको थियो ।
सोरु गाउँपालिका ८ की ५८ वर्षीया काली कामीले भने,आर्थिक अवस्था कम्जोर भएकोले मेरो आँखा दुई वर्षसम्म आँखा उपचार गर्नपाएको थिएन् । समयमै आँखा उपचार गर्न नपाउँदा खरपरिवारको सहाराले घरको आँगानमा हिँड्डुल गर्थे । तर अहिले निः शुल्क रुपमा आँखाको सल्यक्रिया गरेपछि घरको आगानमा आउजाउ गर्न सहज भएको छ ।
खत्याड गाउँपालिका ७ का जेष्ठ नागरिक कुल बहादुर रोकायाका अनुसार जिल्लामै निः शुल्क आँखा उपचार गर्न पाउँदा मेरो घरपरिवारका सदस्यलाई उपचार गर्न सहज भएको छ ।
यदि जिल्लाभन्दा बाहिर आँखाको उपचार गराएको भएमा ८० हजारदेखि एक लाखसम्म खर्च हुने थियो । उक्त खर्च हुनबाट आँखा शिविरले सहज गराएको अनुभव उनले सुनाए ।
यता हिमालय आँखा अस्पताल पोखाराकी डाक्टर कृष्ण गुरुङका अनुसार आँखा शिविरमा सबैभन्दा बढी आँखा सम्बन्धि उपचार जेष्ठ नागरिकले लिएका छन् ।
जिल्लाका सम्बन्धित निकायले शिविरमा आउने सेवाग्राहीका सहजताका लागि खानेपानीको व्यावस्थापन नगरिदिँदा शिविरमा आउने सेवाग्राहीलाई सास्ती पाएको गुनासो उनले सुनाए ।