रारामा डुबेर एकको मृत्यु

जनता संवाददाता
२०८१ असार २० गते, बिहीबार

मुगु, । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायाँनाथ रारा नगर नगरपालिका वडा नं ५ कार्की बडा गाउँ बस्ने २१ वर्षीय शिशिर रावल रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुले जानकारी दिएको छ ।

बिहीबार दिउँसो २ बजेको समयमा स्थानीय शिशिर कार्की तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख राजु घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार २० गते, बिहीबार


Scroll to Top

Janata Media