हुम्लाको चंखेली गाउँपालिकाका लेखा अधिकृत रेग्मी सुर्खेतमा पक्राउ

जनता संवाददाता
२०७९ पुष २५ गते, सोमबार

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकाका लेखा अधिकृत नविन रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । रेग्मीले मादक पदार्थ सेवन गरी ड्टयुटीका प्रहरीमाथि अभद्र व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका असई नन्दराम जैसीका अनुसार उहाँ मंगलगढी चोकमा चेकिङका क्रममा मापसे सेवन गरेको र ट्राफिक प्रहरीमाथि अप शब्द बोलेका कारण उनलाई पक्राउ गरिएको हो ।

जनता मिडियासँग उनले भने, ‘उनलाई पक्राउ गरे लगत्तै अहिले अस्पतालमा मेडिकल टेस्टका लागि लिएको छ । उनलाई के गर्ने भन्ने कुरा भोलि मात्रै थाहा हुन्छ।’

वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा ट्राफिक चेकजाँचका क्रममा रेग्मीले प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरी नायव निरीक्षक जयराम घर्तीले जानकारी दिए ।

रेग्मीले चलाएको कर्णाली प्रदेश ००२-००१ प २९६ नम्बर मोटरसाईकल समेत प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति : २०७९ पुष २५ गते, सोमबार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media