नीर शाह
वास्तविकता यही हो कि त्यो दिन पनि आउनेछ
जब सबै कुरा छोडेर हामी जानु पर्नेछ ।।
जीवनका सम्बन्धहरूलाई बिदाइ गरि,
हामी सबैले अन्त्यमा बिदा लिनुपर्नेछ ।।
घर परिवार, साथीभाइ, सबैलाई छोड्नुपर्नेछ,
छायाँले पनि साथ छाड्नेछ
यही नै सत्य हो हामीले स्विकार्नुपर्दछ ।।
जिन्दगीभरको मिहिनेत,
धन सम्पत्ति, सबै बेकार,
पढाइ लेखाइ सबै व्यर्थ,
त्यो दिन छ, जुन आउँदै छ ।।
मैले बाँचेको जीवन, अन्त्यमा धोका लाग्नेछ।
वास्तविकतालाई स्विकार्दा, जीवन बोझ लाग्नेछ ।।
सुनको जसरी सजाएर राखेको शरीर मैले,
एक दिन जलेर खरानी हुनेछ ।।
यही वास्तविक हो,
जब सबै कुरा छोडेर हामी जानु पर्नेछ ।।
आँखामा आँसु, छातीमा पीडा हुनेछ,
ओठमा अन्तिम सास रहनेछ,
त्यहाँ कसैको नाम हुनेछ।
मस्तिष्कले रामको नाम सम्झिनेछ
अनि आगोले खरानी बनाउनेछ।।
त्यसपछि माटोमा विलीन हुनेछ।।
वास्तविकता यही हो कि त्यो दिन पनि आउनेछ ।।







