भन्न र लेख्न बाँकी भए भनिहाल्नु,म अभिमन्यु होइन: रवि लामिछाने

जनता संवाददाता
२०७९ माघ १९ गते, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भन्न र लेख्न बाँकी भए भनीहाल्न आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबूकमार्फत भन्न र लेख्न बाँकी भए भनिहाल्न र आफ्नो  मौनता आज सम्मका लागि मात्रै भएको बताएका हुन्।

उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी  केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

अहिले सामाजिक सञ्जालमा उनले यस अघि गरेको पोष्टहरु भाइरल र गालीगलोज आएसँगै यस्तो लेखेका हुन्।

प्रकाशित मिति : २०७९ माघ १९ गते, बिहीबार


Scroll to Top

Janata Media