हुम्लामा लडेर ८५ वर्षीया वृद्धाको मृत्यु

जनता संवाददाता
२०८१ श्रावण ११ गते, शुक्रबार

हुम्ला । हुम्लामा लडेर एक वृद्धाको मृत्यु भएको छ । ८५ वर्षीया वृद्धको घर जाने क्रममा बाटोमा लडेर मृत्यु भएको हो । मृत्यु हुनेमा सिमकोट गाउँपालिका वडा ४ निवासी याङ्जुन लामा रहेकी छन् ।

सदरमुकाम सिमकोटदेखि आफ्नो घर बुरउसे जाने क्रममा बाटोमा चिप्लिएर घाइते भएकी लामाको जिल्ला स्वास्थ्य कार्यालयमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयकी अनमी सरिता बोहराले बताइन् । उनका अनुसार मृतक लामाको टाउकाकोमा गहिरो चोट लागेको थियो ।

प्रकाशित मिति : २०८१ श्रावण ११ गते, शुक्रबार