
काठमाडौँ । बलियो प्रतिद्वन्द्वी भारतलाई हराउँदै आयोजक श्रीलंकाले महिला एसिया कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा श्रीलंकाले भारतलाई आठ विकेले हरायो ।
जितका लागि एक सय ६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.४ ओभरमा दुई विकेटको क्षतिमा एक सय ६७ रन जोड्दै लक्ष्य पूरा गरेको हो । श्रीलंकाका लागि हर्सिथा समराविकर्माले सर्वाधिक ६९ रन बनाए ।
उनले ५१ बलमा ६ चौका र दुई छक्काको सहयोगमा अविजित उक्त रन बनाएका हुन् । यस्तै कप्तान चामरी आथापाथाथुले ६१ र काभिसा दिलहारीले अविसिजत ३० रन बनाए । बलिङमा भारतका दिप्ती शर्माले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो । भारतका लागि समित्री मन्दनाले सर्वाधिक ६० रन बनाईन् । रिचा घोषले ३०, जेमिम रोड्रिग्युजले २९, सफाली वर्माले १६ र हर्मानप्रित कौरले ११ रन बनाईन् ।
बलिङमा श्रीलंकाका काभिसा दिलहारीले दुई तथा उवेशिका प्रावोधानी सचिनी निसानसाला र कप्तान चामरी आथापाथाथुले एक एक विकेट लिईन् । नेपाल भने समूह चरणबाट बाहिरिएको थियो ।एजेन्सी