काठमाडौँ । मिस नेपाल–२०२४ को उपाधि आश्माकुमारी केसीले उचालेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणको उपाधि भिडन्तमा रहेका २५ सुन्दरीलाई पछि पार्दै आश्मामा ‘मिस नेपाल वर्ल्ड’को उपाधि पाएकी हुन् ।
मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले पाएकी छन् ।