काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत वीरगन्जकी नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।
उनीसँगै अध्ययन गर्ने विद्यार्थी सुगोल लम्सालका अनुसार बिहीबार साँझ उनी मृत अवस्थामा भेटिएकी हुन् । उनी झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।







