गोरखा । गोरखामा गोठमा आगो लागेर एक हल गोरु र गाई जलेर मरेका छन्। सोमबार दिउँसो १२ बजे गोरखा नगरपालिका-१४ स्थित पियोर गाउँमा प्रताप पन्तको गोठमा लागेको आगोले एक हल गोरु र गाई मरेका जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लामखुट्टे धपाउन प्रयोग गरिएको धानको भुस सल्कँदै जाँदा टिनले छाएको गोठ पूर्ण रूपमा जलेर ध्वस्त भई गोठ भित्र रहेका एक हल गोरु, गाई, सामुदायिक वनबाट काटेर राखेका सालका काठ र सिरक दशना समेत आगलागीमा परी ध्वस्त भएको उनले बताए ।
पियोर गाउँमा एक्लो घर भएकाले कोही पनि मानिस नभएको मौकामा जलेर पूर्ण रूपमा ध्वस्त भएपछि स्थानीयले थाहा पाएपछि प्रहरीलाई जानकारी गराई घटनास्थलमा प्रहरी आएपछि मुचुल्का उठाएर पठाएको गोरखा नगरपालिका – १४ वडा अध्यक्ष गोपाल थापाले बताए।







