आरबी रिसोर्टको विजयी सुरुवात

जनता संवाददाता
२०८२ श्रावण ३० गते, शुक्रबार

काठमाडौँ । आरबी रिसोर्ट एन्ड बिच फुटबल पोखराले एन्फा महिला लिग छनोटमा विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा आरबी रिसोर्ट एन्ड बिच फुटबलले राप्ती फुटबल क्लबलाई १–० गोलले हरायो ।

आरबी रिसोर्टको जितमा इशा चौधरीले गोल गरे । चौधरीले ५१औँ मिनेटमा गर्नुभएको गोल टोलीको जितमा प्रयाप्त बन्यो । जितसँगै आरबी रिसोर्टले तीन अङ्क बनाएको छ ।

राप्तीले हारबाट प्रतियोगिताको थालनी गरेको छ । प्रतियोगितामा १४ टोलीको सहभागिता छ । सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुनेछन् ।

प्रकाशित मिति : २०८२ श्रावण ३० गते, शुक्रबार


Scroll to Top

Janata Media