काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा कुराकानी भएको छ।
शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटको फोटो सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री ओलीले राजनीतिक विमर्श भएको जानकारी गराएका हुन्।
भेटपछि प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘‘आज शनिबार । नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।’