होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

जनता संवाददाता
२०८१ भाद्र ७ गते, शुक्रबार

काठमाडौं । दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिण–पश्चिममा रहेको बुकियोनमा रहेको नौतले होटलमा साँझ ७ः३९ बजे आगलागी भएको हो ।

आठौं तल्लाको एउटा कोठाबाट सुरु भएको आगलागी होटलभरि चाहिँ फैलिएन । तर पूरै भवन कालो धुवाँले भरिएर मानिसले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते, शुक्रबार


Scroll to Top

Janata Media