राष्ट्रिय प्रसारण लाईनको पहुँच बाहिर हुम्लाका चार स्थानीय तह

जनता संवाददाता
२०८१ भाद्र ५ गते, बुधबार

हुम्ला । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार हुम्लाका चार ओटा स्थानीय तह विद्युतको पहुँच बाहिर देखिएका छन् । हुम्लाका सातओटा स्थानीय तह मध्ये सर्केगाड गाउँपालिका, चंखेली गाउँपालिका, अदानचुली गाउँपालिका र ताँजाकोट गाउँपालिका विद्युतको पहुँच बाहिर देखिएका हुन् ।

७७ जिल्लामध्ये हुम्लामा अझै राष्ट्रिय प्रसारण ग्रिड पुग्न सकेको छैन । हुम्लामा लघु जलविद्युत्, सौर्य ऊर्जालगायतका विद्युत् आपूर्ति भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले मुलुकभरिका स्थानीय तहका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ, ०८१ ले ७७ जिल्लामध्ये हुम्लामा अझै राष्ट्रिय प्रसारण ग्रिड पुग्न सकेको छैन । ग्रिड नपुगेकामध्ये कर्णाली प्रदेशका मात्रै १३ गाउँपालिका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र ५ गते, बुधबार


Scroll to Top

Janata Media