404 Not Found


nginx
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त - Janata Media

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

जनता संवाददाता
२०७९ पुष २४ गते, आईतवार

काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्छ। प्रदेशसभामा रहेका एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका थिए।

प्रकाशित मिति : २०७९ पुष २४ गते, आईतवार