चंखेली जिप दुर्घटनाः चार घाइतेको हेलिकप्टर मार्फत उद्धार

जनता संवाददाता
२०८१ भाद्र ५ गते, बुधबार

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडा नं २ र ३ को गर्खा नजिक गौरी सल्लामा बोलेरा जिप दुर्घटना हुँदा घाते भएकाको उद्धार भएको छ । शख्त घाइते ३ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार सिम्रिक एअरको हेलिकप्टर मार्फत चार जना घाइतेको उद्धार गरिएको हो । ‘हामीले चार जना चंखेली गाउँपालिका वडा नं २ का सुरेन्द्र बहादुर शाही, तिल बहादुर शाहि र रारा छायाँनाथ नगरपालिका रमेश मल्ल, पृथ्वी रावललाई हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत पठाएका छौँ । बाँकी सामान्य घाइतेलाई एम्बुलेन्स मार्फत मुगु जिल्ला अस्पताल गमगढी पुगाउने तयारी गरिरहेका छौँ ।’ जनता मिडियासँग उनले भने ।

यसमा लाग्ने सम्पूर्ण शुल्क गाउँपालिकाले विपद् कोषबाट व्यवस्थापन गर्ने पनि उनले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्ः

चंखेलीमा बोलेरो जिप दुर्घटनाः सवार सातै जना घाइते, दुईको अवस्था गम्भीर

चंखेली जिप दुर्घटनाः घाईते सातै जनाको सनाखत

प्रकाशित मिति : २०८१ भाद्र ५ गते, बुधबार


Scroll to Top

Janata Media