यात्रुवाहक बस मर्स्याङ्दीमा खस्यो

जनता संवाददाता
२०८१ भाद्र ७ गते, शुक्रबार

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको जानकारी दिए ।

शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।

बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताउनुभयो । सो बसमा कति जना यात्रु थिए र तिनको अवस्थाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते, शुक्रबार


Scroll to Top

Janata Media