बाजुरामा नयाँ भाडादर कायम, कहाँ कति? (सूचीसहित)

जनता संवाददाता
२०७९ पुष २० गते, बुधबार

कर्णवीर सार्की, बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराले मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जिपको भाडादर निर्धारण गरिएको छ ।

जिप चालक व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाजुराले एक बिज्ञप्ती जारी गर्दै नयाँ भाडादर निर्धारण गरिएको जनाएको छ ।

जिल्लाका साँफे-मार्तडी राजमार्ग, मार्तडी-कोल्टी, कोल्टी-कर्णाली करिडोरमा सञ्चालन हुँदै आएका जिपको भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा उल्लेख गरिए अनुसार जिल्लाका विभिन्न सडकमा चल्ने जिपले तोकिएको भन्दा बढि भाडा लिएमा कानुन अनुसार कार्बाही गरिने जनाएको छ ।

यहाँका पूर्वी तथा उत्तरी भेग कोल्टी-मार्तडी सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको प्रतिकिलोमिटर १८ रुपैयाँले  सात सय ५६ रुपैयाँ भाडा तोकिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस अघि पनि भाडादर कायम गरीएका भए पनि कुनै निणर्य यातायात ब्यबासायीहरुले कार्यान्वयन भने गरेका थियनन् । मार्तडी कोल्टी सडक क्षेत्रमा रहेको ४२ किलोमीटर सडकमा जिप ब्यबासयीहरुले १ हजार ५ सय भाडा लिने गरेका छन ।

मार्तडी कोल्टी सडक धेरै सुधार भएको भए पनि बिज्ञप्तीमा २०७८ कार्तिकमा निधारण गरेको भाडादर नै कायम गरेको पाइएको छ । २०७८ को सडक भन्दा अहिले ग्राभिल जस्तै हुँदा पनि जिल्ला प्रशासनले भने भाडा नघटाएको पाईएको छ ।

भाडादर हेर्नुहोस्:

 

प्रकाशित मिति : २०७९ पुष २० गते, बुधबार


Scroll to Top

Janata Media