चंखेली जिप दुर्घटना: थप एक जनाको मृत्यु

जनता संवाददाता
२०८१ भाद्र ९ गते, आईतवार

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका वडा नं २ गौरीसल्लामा भएको बोलेरो जिप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा गम्भीर घाइते भएका तिल बहादुर शाहीको मृत्यु भएको हो ।

उपचारका क्रममा चंखेली गाउँपालिका वडा नं २ का तिल बहादुर शाहीको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

उनी लगायत चार जनालाई जिप दुर्घटना भए लगत्तै हेलिकोप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो । उपचारकै क्रममा यस अघि रमेश मल्लको मृत्यु भइसकेको छ। अन्य घाइतेमध्ये तिन जनाको मुगुको सदरमुकाम गमगढीमा जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य दुई जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

उनीहरूको उपचारको लागि चंखेली गाउँपालिकाले हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते, आईतवार


Scroll to Top

Janata Media