काठमाडौँ । हेर्ने कथामा ‘हराएका वर्षहरु’ शीर्षकमा प्रकाश तामाङ (काले मोक्तान)को कथा सार्वजनिक भएको छ । कथा निकै दुस्खदायी छ । ‘हेर्ने कथा’ अनुसार प्रकाशले घर छाडेर हराएको ३४ वर्ष भएको बताइएको छ ।
यो भिडियो हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङ र विद्या चापागाईंलाई भेटेर यस विषयमा कुरा गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो। सोचें- यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ? एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली स्टोरी टेलर हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु।’