कर्णाली प्रदेश लोक सेवा आयोगद्धारा विभिन्न पदका लागि दरखास्त आह्वान

जनता संवाददाता
२०८० माघ २३ गते, मंगलवार

काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिक तर्फ पाँचौं तहका पदहरुको विज्ञापन खुला गरेको छ।

आयोगले मंगलबार सूचना प्रकाशित गर्दै पाँचौं तहका १२ पदमा दरखास्त आह्वान गरेको हो।

कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त पदरहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न आयोगले ३३ पदमा दरखास्त आह्वान गरेको हो।

तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारहरुले अनलाइन प्रणालीबाट अनलाइन दरखास्त दिनुपर्ने आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८० माघ २३ गते, मंगलवार


Scroll to Top

Janata Media