काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौं पर्यटक भित्राउन सकिने बताएका छन् ।
मंगलबार अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकसँगको छलफलमा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पााण्डेले भन्नुभयो, ‘देश आर्थिक लगायतका जटिलतामा ग्रुजिइरहेको छ।
यो संकटको अवस्था हुँदा हुँदै पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ।देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णयलाई कम आक्नु हुँदैन ।’
मन्त्री पाण्डेले दुइवटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायीक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए । उनले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन, भारत लगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटक भित्राउन सकेको अवस्थामा राज्यले लाखौं राजस्व भित्राउन सक्ने बताए । उनले सरकारले ल्याएको प्याकेजमा दुई वर्षपछि के होला रु भन्ने विषयमा चिन्ता नलिनसमेत अन्तर्राष्ट्र्रिय विमान कम्पनीसँग विश्वास दिलाए ।
मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन भारतसँग कूटनीतिक रुपमा अघि बढिसकेको समेत बताए । छलफलमा जजिरा, सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकको उपस्थिति थियो ।







