विज्ञान बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त

जनता संवाददाता
२०८२ जेष्ठ १३ गते, मंगलवार

काठमाडौँ । सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै हुमागाईं विज्ञापन बोर्डको अध्यक्ष नियुक्त भएको जानकारी दिए ।

यसअघि चार वर्षे कार्यकाल सकेर बिदा भएका हुमागाईं दोस्रो कार्यकालका लागि बोर्ड अध्यक्ष नियुक्त भएका हुन् ।

त्यसैगरी सरकारले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन (करिब ५३ करोड ७६ लाख रुपियाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने गरेको छ। सरकारले बाफिकोट-खुंग्री १३२ केभी प्रशारण लाइन आयोजनाको लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गरेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते, मंगलवार


Scroll to Top

Janata Media