404 Not Found


nginx
अजय देवगणको ‘मैदान’को रिलिज मिति सर्‍यो, २३ जुनमा मात्रै आउने - Janata Media

अजय देवगणको ‘मैदान’को रिलिज मिति सर्‍यो, २३ जुनमा मात्रै आउने

जनता संवाददाता
२०७९ फाल्गुन १ गते, सोमबार

काठमाडौं । ‘दृश्यम २’ को सफलतापछि बलिउड अभिनेता अजय देवगण आफ्ना दुई फिल्मको रिलिज तयारीमा जुटेका छन् । उनी र तब्बु स्टारर ‘भोला’ मार्च ३० मा रिलिज हुँदैछ भने अर्को फिल्म ‘मैदान’को भने मिति सरेको छ ।

यसअघि १२ मेमा रिलिज तय गरिएको मैदान अब २३ जुनबाट मात्रै प्रदर्शनमा आउने भएको अमित शर्मा निर्देशित स्पोर्टस् ड्रामा मैदानका लागि यसअघि तय गरिएको मिति सही नभएको भन्दै पछि सारिएको जनाइएको छ ।

मैदान एक बहुप्रतीक्षित फिल्म भएकाले यसलाई बक्स अफिसमा क्लियर विन्डो चाहिन्छ । पहिले तोकिएको १२ मेको मिति यो फिल्मका लागि सही नभएकाले नयाँ डेट तय गरिएको हो,’ निर्मातालाई उद्धृत गर्दै बलिउड हंगामाले उल्लेख गरेको छ ।

मैदान भारतीय फुटबलको सुनौला वर्षमा आधारित फिल्म हो । फिल्ममा अजय फुटबल कोच सइद अब्दुल रहिमको भूमिकामा छन् । रहिमलाई भारतीय फुटबलका संस्थापक पिता मानिन्छ । रहमि सन् १९५० देखि १९६३ (निधन हुनुअघिसम्म) भारतीय राष्ट्रिय फुटबल टिमको म्यानेजर थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते, सोमबार