पारा ओलम्पिकमा पलेशाले दिलाइन् ऐतिहासिक पदक

जनता संवाददाता
२०८१ भाद्र १५ गते, शनिबार

काठमाडौँ । नेपालका पलेशा गोवर्धनले फ्रान्समा जारी पेरिस पारा ओलम्पिकमा पारा तेक्वान्दोबाट कांस्य पदक जितेकी छन्।

पेरिसको ग्रान्ड प्यालेसमा शुक्रबार राती भएको पारा तेक्वान्दोको के–४४ क्याटागोरीअन्तर्गत महिला ५७ केजी तौलसमूहमा पलेशाले कांस्य पदक दिलाइन्।

रिपाचेजमार्फत कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिसेभमाथि १५–८ स्कोरको सनसनीपूर्ण जित निकाल्दै देशलाई ऐतिहासिक सफलता दिलाएकी हुन्। यो पदक नेपालको खेलकुद इतिहासमा नै सबैभन्दा ठूलो हो।

नेपालले अहिलेसम्म ओलम्पिक र पारालिम्पिकमा पदक जित्न सकेको थिएन।

प्रकाशित मिति : २०८१ भाद्र १५ गते, शनिबार


Scroll to Top

Janata Media