साफ यु–२० फुटबल उपविजेतालाई जनही ५० हजार

जनता संवाददाता
२०८१ भाद्र १८ गते, मंगलवार

कठमाडौँ  । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हालै सम्पन्न दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

एन्फा कार्यसमितिको बैठकले युवा टोलीका खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको हो । यस्तै एन्फाले टोलीका मुख्य प्रशिक्षकलाई ५० हजार तथा सहायक प्रशिक्षक शसेन्द्र धिमाल र राजुसिंह महर्जन, व्यवस्थापक रविन खड्का तथा फिँजियो अनिश बुढाथोकीलाई जनही २५ हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।

गत बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ४–१ गोलले पराजित भएको थियो ।

 

प्रकाशित मिति : २०८१ भाद्र १८ गते, मंगलवार


Scroll to Top

Janata Media