धादिङको धुनिबेसीमा पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

जनता संवाददाता
२०८१ भाद्र २४ गते, सोमबार

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका-९ मा भारी वर्षापछि झरेको लेदोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।

प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार भारी वर्षासँगै आएको लेदोले पृथ्वीराजमार्ग अवरुद्ध भएको हो । राजधानी भित्रने र बाहिरिने प्रमुख सडक पूर्ण रुपमा अहिले ठप्प छ ।

पानी परिरहेकाले तत्काल सडक खुलाउन समस्या भएको थपलियाले जानकारी दिए । सडक करिब एक घण्टादेखि अवरुद्ध हुँदा काठमाडौँबाट बाहिरिने र भित्रने सयौं सवारीसाधन रोकिएका छन् । सडक खुलाउने प्रयास भने जारी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ भाद्र २४ गते, सोमबार


Scroll to Top

Janata Media