पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

जनता संवाददाता
२०८१ भाद्र २७ गते, बिहीबार

काठमाडौँ । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्। उनलाई लागू औषध बिक्री गरेको आरोपमा कास्की प्रहरीले बिहीबार साँझ ६ बजे नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार लागू औषधसहित पक्राउ परेका एक जनाले श्रेष्ठको पसलबाट लागूऔषध खरिद गरेको बताएका थिए। सोही कारण सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार श्रेष्ठलाई भोली अदालतमा पेश गरिनेछ।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते, बिहीबार


Scroll to Top

Janata Media