काठमाडौँ । नेपाली कांग्रेसले नेतृत्व गरेका स्थानीय तहहरुमध्ये हुम्लाको सर्केगाड तेस्रो उत्कृष्ट भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन FRA को आ.व. २०७९/८० को मूल्याङ्कनमा ९१.० अङ्क प्राप्त गरी नेपाली काग्रेसको नेतृत्वमा रहेका गाउँपालिकाहरु मध्ये तेस्रो उत्कृष्ट भएको हो ।
उक्त कार्यक्रममा केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभाग प्रमुख मधु आचार्यको अध्यक्षतामा र सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रुपमा थिए ।
नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागले आयोजना गरेको नेपाली कांग्रेसबाट विजयी उत्कृष्ट नगरपालिका, गाउँपालिका सम्मान कार्यक्रममा सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायालाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका शिर्ष तहका नेतृत्व सहभागी थिए । यस्तो खाले सम्मानले गर्दा आफुलाई पनि काम गर्नमा जाँगर आउने अध्यक्ष रोकायाले बताए ।








