काठमाडौं । पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–४, गिजनचउरका ५३ वर्षीय शेरबहादुर चौहान रहेका छन् ।
शुक्रवार दिउँसो माथागढी–५, शेर्काबासस्थित झुक्साखोला तर्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
खोलाले बगाएर बेपत्ता भएका चौहानको एक सय ५० मिटर तल शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।







