गौशाला धर्मशालामा राख्यो महानगरको बोर्ड : मारवाडी समुदायको प्रतिवाद

जनता संवाददाता
२०८१ आश्विन २३ गते, बुधबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ।

बुधबार महानगरपालिकाका नगरप्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो। मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको छ।

धर्मशाला बाहिर भने मारवाडीहरुले नाराजुलुस लगाएका थिए।महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो। महानगर प्रहरीले १० बजेसम्म धर्मशाला खालि गराउन माइकिङ गरे पनि नहटाएपछि महानगर प्रहरीले खाली गराएको हो।

त्यसअघिको पत्रकार सम्मेलनका क्रममा बोल्दै मारवाडी सेवा समिति नेपालका अध्यक्ष रमेश ताडिन्याले महानगरले धर्मशालामा कुनै गतिविधि गर्न नहुनेप्रति सचेत गराएका थिए। उनले अदालतमा मुद्दाको पूर्णपाठ नआएको र अहिले अदालत विदामा रहेकाले पूर्ण पाठ आइसकेपछि पुरावेदन गर्न पाउने अधिकार दिनुपर्ने माग गरे।

नगरप्रहरीले धर्मशाला खाली गराउन खोजेपछि मारवाडीसँग केहीबेर प्रतिवाद समेत भएको थियो।

प्रकाशित मिति : २०८१ आश्विन २३ गते, बुधबार


Scroll to Top

Janata Media