दसैँ मान्न १३ लाख मानिस उपत्यकाबाट बाहिरिए

जनता संवाददाता
२०८१ आश्विन २५ गते, शुक्रबार

काठमाडौं । एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उक्त संख्या आजसम्मको हो । १८ लाख मानिस दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिए ।

‘हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ’, उनले भने, ‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।’ अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : २०८१ आश्विन २५ गते, शुक्रबार


Scroll to Top

Janata Media