लमजुङमा जिप दुर्घटना : २२ जना घाइते, पाँचको अवस्था गम्भीर

जनता संवाददाता
२०८१ आश्विन २७ गते, आईतवार

काठमाडौं । लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएको छ । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका छन् भने घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते भएका पाँच जनालाई चितवनको भरतपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले गोरखापत्र अनलाइनलाई जानकारी दिएका हुन् । यस्तै, अन्य घाइतेको जिल्ला सदरमुकाममै उपचार भइरहेको उनले बताए ।

ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० मा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०८१ आश्विन २७ गते, आईतवार


Scroll to Top

Janata Media