खोटाङमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते

जनता संवाददाता
२०८१ आश्विन २९ गते, मंगलवार

काठमाडौं । खोटाङमा बोलेरो दुर्घटना भएको छ । रावाबेसी गाउँपालिका–१ कुभिन्डेमा बोलेरो दुर्घटना हुँदा चालकसहित ८ जना यात्रु रहेको बोलेरोमा ६ जना घाइते भएका हुन् ।

घाइतेहरूको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।

रावाबेसी गाउँपालिका-४ डुम्रेधारापानीबाट दिक्तेल आउँदै गरेको स १ ज ५५८ नम्बरको बोलेरो कुभिन्डे हाँचेकामा मंगलबार बिहान करिब ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बोलेरो ब्रेक फेल भएर सडकमै पल्टिएको थियो । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ आश्विन २९ गते, मंगलवार


Scroll to Top

Janata Media