काठमाडौँ । हुम्लाको अदानचुलीका जिप दुर्घटना भएको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ को वडा कार्यालय नजिकै जिप दुर्घटना भएको हो ।
कर्णाली प्रदेश ०२००१ च ०८२३ नम्बरको जिप चालकसहित ८ जना सवार जिप २ नं वडा कार्यालय नजिकैको धैने ओेडार भन्ने ठाउँ बाट करिब ७ मिटर तल खसेको हो । ७ जना कामदार र फलामे एङ्गल सिमेन्ट सहित खलसेरा लेख तर्फ जाँदै गरेको उक्त जिप ब्रेक नलागेर तल खसेको हो ।
७ जना सकुशल रहेका छन् भने जप चालक भैरव सिह बेहोस अवस्थामा छन् । जिप मालिक मेल बहादुर महतारा अदानचुली २ का हुन् । गुणस्तर नपुगेको सडक निर्माण गरेर भुक्तानी गर्ने सम्मको काम गर्दा यस्ता घटना दोहोरिने गरेका छन् ।







