देशभरको तापक्रम क्रमशः घट्दो

जनता संवाददाता
२०८१ कार्तिक ३ गते, शनिबार

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबार १६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियस रहेको विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया मौसम बदलिरहेको र बाँकी भागमा मौसम सफा रहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते, शनिबार


Scroll to Top

Janata Media