झण्डै १६ करोडबराबरको कोकिनसहित चार विदेशी पक्राउ

जनता संवाददाता
२०८१ असार ६ गते, बिहीबार

काठमाडौं । प्रहरीले अवैध लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले ४ किलो ५ सय ४ ग्राम कोकिनसहित उनीहरुलाई पक्राउ गरेको हो । ती विदेशी विभिन्न ठाउँबाट पक्राउ परेका थिए ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा बोलिभियाली नागरिक ३३ वर्षीया लौरा क्रुज टिकोना, ६८ वर्षीय तान्जानियाली नागरिक डोनाल्ड ज्याक्सन माबुगा, भेनेजुलियाली नागरिक ३९ वर्षीय साइमन एन्टोनियो अल्फोन्जो राडा र भारतीय नागरिक २७ वर्षीया लालरुवैत सांगी रहेका छन् ।

बरामद गरिएको लागूऔषध कोकिनको अवैध बजार मूल्य १५ करोड ७६ लाख हुन आउने ब्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।विदेशी नागरिकहरूले ल्याएको उक्त कोकिनका क्याप्सुलहरू भारतको नयाँ दिल्लीसम्म लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।

 

प्रकाशित मिति : २०८१ असार ६ गते, बिहीबार


Scroll to Top

Janata Media