कर्णाली राजमार्गमा ट्रक दुर्घटना, चालकको मृत्यु

जनता संवाददाता
२०८१ कार्तिक ३ गते, शनिबार

काठमाडौँ । कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्डमा शनिबार एक मालवाहक ट्रक दुर्घटनामा परेको छ।

जुम्लाबाट सुर्खेत जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक कालिकोटको तिलागुफा नगरपालिका-५ खल्लागाड स्थित पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालकको मृत्यु भएको छ। उनको पहिचान खुलिनसकेको कालिकोट प्रहरीले जनाएको छ।

कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार ट्रक सडकबाट अन्दाजी करिब ५० मिटर तल खोलामा खसेको थियो। ‘भीरबाट ट्रक खोलामा खसेकाले चालकको घटनास्थलमै मृत्यु भयो। गाडीका कागजात भेटिएपछि मात्रै चालकको सनाखत हुन्छ।’ उनले भने।

उनले घटनबारे थप अनुसन्धान जारी रहेको सुनाए। अघिल्लो महिना पनि यसै ठाउँमा जीप दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते, शनिबार


Scroll to Top

Janata Media