नक्कली शरणार्थी प्रकरण : नेकपा एसले आज काठमाडौंमा प्रदर्शन गर्ने

जनता संवाददाता
२०८० जेष्ठ ४ गते, बिहीबार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी सबै दोषीलाई कारबाहीको माग गरेर नेकपा एकीकृत समाजवादीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागिएको जानकारी दिए ।

नेकपा एसले हिजो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन बुझ्दै उप्रधान एवं गृहमन्त्री श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका थिए ।

उनले दोषी नउम्कने, निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको बताएका थिए । प्रकरणमा हालसम्म दुई पूर्वमन्त्रीसहित १४ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते, बिहीबार


Scroll to Top

Janata Media