
काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका १२ नं वडाको आयोजना र बाल सचेतना केन्द्र नेपालको संयोजनमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यतामा र १२ नं वडाका वडाध्यक्ष शम्भुप्रसाद भट्टराईको सभापतित्वमा सक्रिय तथा स्वस्थ जीवनशैली अपनाउने प्रेरणा सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।
उक्त क्षमता अभिवृद्धि कार्यक्रम गर्नका लागि एजिङ नेपालसँग सहकार्य गरिएको थियो । कार्यक्रममा एजिङ नेपाल लगायत अन्य वक्ताहरुले आफ्ना क्षमता सम्बन्धी प्रस्तुतिहरु दिएका थिए । यससँगै बाल सचेतना केन्द्र नेपालले प्रशिक्षण गर्ने व्यक्ति लगायत अन्य जेष्ठ नागरिकहरु र समाजमा विशेष योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले कार्यक्रमको प्रशंसा गर्दै थप सफलताको शुभकामना व्यक्त गरेकि थिईन् । उनले कार्यक्रम एकदमै उच्च स्तरको भएपनि प्रभाव पार्न सक्नेगरि गर्न नसकिएको तरपनि यस्ता कार्यैक्रमलाई बुढानिलकण्ठ नगरपालिकाले एकदमै प्राथमिकता दिएको बताएकी थिईन् ।
भोलि पनि बुढानीलकण्ठ नगरपालिका वडा नं १२ को आयोजनामा, बाल सचेतना केन्द्र नेपालको सहयोगी भूमिकामा र नेपाल भारत मैत्री हस्पिटलको सहकार्यमा जनरल फिजिसियन, स्त्री रोग, मुटु रोग, नाक, कान, घाँटी, नसा तथा हाडजोर्नी, बाल रोग, प्रोस्टेट, मधुमेह लगायत विविध रोगको ल्याव सहितको वृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम हुने बताईएको छ ।