पण्डित बालमुकुन्द देबकोटा,
काठमाडौँ । मिति २०८१ साल कार्तिक १७ गते शनिबार कार्तिक शुक्ल प्रतिपदा तिथी राती ७ र ०१ बजेसम्म त्यस उप्रान्त द्वितीया तिथी आरम्भ हुनाले यो दिन गाई ,गोवर्धन र गोरू पूजा गर्नु पर्दछ। गाईुुु एक प्रकारको घर पालुवा साकाहरी जनानर हो । गाईको भाले बच्चा (बाछो)लाई बहर भनिन्छ र पोथी बाछोलाई बाछी भनिन्छ ।गाईको बहर ठुलो भयो भने बल्ल भनिन्छ । बल्ललाई खेत जोत्ने काममा प्रयोग गरिन्छ ।गाईको गोबरको मल खेतमी हाल्नाले खेती राम्रो हुन्छ । कतै कतै गाईको गोबरको गोइठा बनाएर आगो बाल्न प्रयोग गरेको पाइन्छ ।
गाई नेपालको राष्ट्रिय जनावर हो । हिन्दू धर्म धर्ममा गाइलाई गौमाता भनिन्छ र पूजा लै गरिन्छ । गाइको गोबर, गौमुत्र, दूध, दही र घ्यु एकै ठाउँमा मिलाएर पञ्चगव्य बनाइन्छ।पञ्चगव्य हिन्दू धर्मका अनुसार अति पवित्र चिज हो। गाईको पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ ।हिन्दू मान्यता अनुसार गोमुत्रले अपवित्रता नास गर्छ भन्ने रहेको छ । कुनै पनि धार्मीक कार्यक्रम गर्दा गोमुत्र छर्केर पवित्र गराउने प्रचलन रहेको छ । गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्व छ । हुन त विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरू निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । गाई हिन्दुहरुको राष्ट्रिय जनावर हो । साथै तेत्तीसकोटी देवता गाइको शरीरमा निवास गर्नुहुन्छ। भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा निवास गर्छन्, गलामा भगवान विष्णु विराजमान हुन्छन् भने भगवान शिव मुखमा रहन्छन् ।
मध्य भागमा सवै देवीदेवताको बास हुन्छ । गाईको रौं रौमा महर्षिहरुको निवास हुन्छ भने पुच्छरमा अनन्त नाग, खुरमा सवै पर्वत, गोमूत्रमा गंगा लगायतका पत्रिव नदी रहने धार्मिक वर्णन रहेको पाइन्छ । गाईको आँखामा सूर्य र चन्द्रमा वास गर्छन् । सबै मिलाएर गाईलाई पृथ्वी, ब्राह्मण तथा देवताको प्रतिक मानिन्छ ।प्राचीन समयदेखि गोदानलाई सवैभन्दा ठूलो दान मानिएको छ र गाईको हत्यालाई सवैभन्दा ठूलो महापाप । गाईलाई छाडा छोड्ने मान्छे जतिसुकै धर्मात्मा भए पनि , जति सुक्कै धनी भए पनि , मरे पछाडी तिनिहरू तिनै गाइका पापले सत्ताइस किसिमका डरलाग्दा नरकमा पर्दछन भन्नेकुरा श्रीमद्भागवत महापुराणमा समेत वर्णन रही आएको छ। गाईलाई दुःख दिनु, मार पिट गर्नु, गोठबाट निकाल्नु भनेको आफुलाई जन्माएकी आमालाइ घरबाट नै निकाल्नु जत्तीकै घोर अपराध हो। जताततै जानेर वा अन्जानमा यदि कोही गृहस्थ गाइ प्रति दुव्यवहार गर्दछ भने त्यो निन्दित पशुतुल्य नराधम कोही पनि हुन सक्दैन ।त्यसै कारण वैदिन कालबाट हिन्दू धर्म मान्नेहरुले गाईको पूजा गर्दै आइरहेका छन् ।गावो मे अग्रतःसन्तु , गावो मे सन्तु पृष्ठतः।
हिन्दुहरुका प्रत्येक कर्मकाण्ड र पूजाका काममा यो पञ्चगव्य नभई नहुने छ। पञ्चगव्यले कतिपय असुद्धलाइ सुद्ध बनाएर त्यसलाइ पान गरेमा आफुपनि सुद्धहुने तथा कतिपय रोगहरु समेत निवारण हुने छ। गाईको गौंत सय मिलिग्राम जति कपडामा छानेर बिहान खाली पेटमी पियोभने कब्जियत,ग्यास्ट्रीक,मन्दाग्नी क्यान्सर लगायतका सबै पेटका रोगहरु बाट पनि मुक्त हुन सकिन्छ भन्ने कुरा आयुर्वेद शास्त्रहरुमा लेखेको पाइन्छ । गाईका गोबरले लिपपोत गर्यो भने घर भित्र र आँखाले देक्न नसकिने किटाणु सवै नाश हुनका साथै घर भित्र पनि सुद्धताको आभास हुन्छ । गाईको गोरस बाट देवतालाई चढाइने पञ्चामृत देवताहरुको संतुष्टीका लागी गरिने हवनकार्य गाइको घ्यु बाट मात्रै हुने गर्दछ । घरमा गाइ पालिनु र गाइको सेवा गर्नु भनेको तेत्तीसकोटी देवतालाइ पाल्नु र तिनीहरुको सेवा गर्नु बराबर हो।गावो विश्वस्यमातरः अर्थात् गाइनै सबै विश्वकी आमा हुन् भन्ने कुरा वेदमा लेखिएको छ।
हिन्दु जनमानसमा धार्मीक कार्य , यज्ञ–यज्ञादी तथा मृतकहरुको अन्त्येष्टिका काममा गाइको दान गर्नाले जीवित र मृतक मान्छकोे सजिलैसँग उद्धार र तर्दछ भन्ने विश्वास गरिन्छ। बैतरणी जस्ता घोर नरकहरु पार गराउने हुँदा गौदानको ठूलो महत्व छ। प्राचीन कालमा भगवान श्री कृष्ण आफु गाइका प्यारा गौ सेवक हुनुहुन्थ्यो ।हिन्दुहरूले गाईलाई लक्ष्मीको रूपमा मान्नेगर्दछन् । नेपालमा गाई तिहारको दिन गाईको पूजा धुमधामले गरिन्छ । दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ ।दैनिक रूपमा एक गिलास दुध पिउनाले मष्तिष्कलाइ निकै फाइदा गर्छ । गाईको दुध त्यसै कारणले पनि प्रसिद्ध छ।
वैज्ञानिकका अनुसार गाइ एकमात्र यस्तो प्राणी हुन्, जो अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छाड्छन् । जबकी मानिस लगायत सबै प्राणी अक्सिजन लिन्छ र कार्बनडाईअक्साइड छाड्छ । घरको आसपास गाई छ भने संक्रमण रोग, चिसो, कफ आदिको समस्या नहुने विश्वास गरिन्छ । रक्षाबन्धनका दिन हातमा बाँधेको डोरो यसदिन गाईको पुच्छरमा बाँधिदिनाले मृत्युपछिको कष्टमय सागर वा वैतरणी पार गर्न सजिलो हुने विश्वास छ । समुन्द्र मथनबाट निक्लिनु भएको कामधेनु गाईलाई लक्ष्मिको स्वरुप मानिन्छ ।
गावो मे अग्रतस्सन्तु गावो मे सन्तु पृष्ठतस्र
गावो मे हृदय सन्तु गवां मध्ये वसाम्यहम्।।
मेरो अगाडी गाई, मेरो पछाडी गाई, मेरो हृदयमा गाईको निवास होस् तथा म गाईको बिचमा निवास गर्रौँ, बस्न सकौंै । गाईको बारेमा जति लेखे पनि लेख अधुरो नै रहने हुनाले सवै मिलेर गाइको संरक्षण गर्नु आजको आवस्यकता हो।
के छ गोवर्धनपूजा, म्यपूजा, गोरू पूजा, नेपाली संवतको धार्मिक महत्व ?
गोवर्धन पूजा चौथो दिन मनाइन्छ। पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो ।विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे ।गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिनुहुन्छ र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् ।भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।
वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ ।त्यसैदिन नेपालीहरुले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनहारी गोरूको पनि पूजा गर्दछन्। कार्तिकशुक्ल प्रतिपदा गोवर्धन पूजाको दिन ,यो दिन गोरुको पूजा गरिन्छ। सर्वप्रथम नन्दबाबाले इन्द्रको पूजा गर्नु भएको थियो र भगवान श्रीकृष्णले थाहा पाएर त्यो इन्द्रको पूजा हटाई गोवर्धन पर्वतको पूजा गर्नु भएको थियो।गोवर्धन पर्वत स्वयम् परमात्मा भगवान श्रीकृष्ण बनि छपन्न भोर्ग छपन्न थरि भगवानलाई चढ्ने खानेकुराहरुैग्रहण गर्नु भएको थियो।त्यसैले आजको दिन गाई, गोवर्धनको पूजा सकेर प्रार्थना गर्नु पर्दछ।
गोवर्धन धराधार गोकुल त्राणकारक।
विष्णुबाहुकृतोच्छ्राय गवां कोटिप्रदो भव।।
या लक्ष्मीर्लोकपालानं धेनुरुपेण संस्थिता।
घृतं वहति यज्ञार्थे मम पापं व्यपोहतु।
पृथ्वीको धारण गर्नुहुने (गोवर्धन)हजुर गोकुलको रक्षक हुनुहुन्छ। भगवान् श्रीकृष्णले हजुरलाई आफ्नु हातको कान्छी औंला माथि उठाउनु भएको थियो। हजुर मलाई कोटि-कोटि गाईहरु प्रदान गर्नुहोस किनकि लोकपालहरुको जो लक्ष्मी गाइकोरुपमा स्थित हुनुहुन्छ र यज्ञको लागि हजुर घ्यु प्रदान गर्नुहुन्छ वहाँले मेरो पापहरु नास गर्नुहुन्छ।
यस दिन नेवारी समुदायमा म्हपूजा पनि गरिन्छ । आफ्नो शरीर वा आत्माको पूजा गरि मीठा मीठा परिकार बनाई खाने परम्परा छ।यो दिन मान्छेले आफैंलाई सम्मान गर्ने र आत्मा सन्तुष्ट गरि आत्मा को पूजा गर्दछ्न। यसै दिनलाई नेपाल संवतको आरम्भ दिन पनि मानिन्छ । नेवाहरूको नयाँ वर्ष पनि हो । ने.सं.को प्रारम्भ इ.सं.८८० बाट सुरु भएको हो । अहिले ने.सं. ११४५ सुरू हुदैछ । नेवार हरूको सम्पुर्ण चाडपर्वहरु नेपाल संवतको पात्रो अनुसार नै मनाइन्छ ।







